रुकुम पश्चिमका भूकम्प पीडितलाई ७५ करोड निकासा, २६ हजार अस्थायी आवास निर्माण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुकुम । रुकुम पश्चिममा अस्थायी आवास निर्माणका लागि रु ७५ करोड ११ लाख ५० हजार निकासा भएको छ भने हालसम्म जिल्लामा २६ हजार ७०७ वटा अस्थायी आवास निर्माण भएका छन् । ५ हजार ६३७ निर्माणाधीन छन् ।

जिल्ला प्रशासन कार्यालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार जिल्लामा आठविसकोट नगरपालिकामा सबैभन्दा बढी आठ हजार आठ सय ९८ वटा अस्थायी आवास निर्माण भएका छन् ।

त्यस्तै चौरजहारी नगरपालिकामा पाँच हजार पाँच सय ६३, मुसीकोट नगरपालिकामा छ सय ६६ वटा, सानीभेरी गाउँपालिकामा छ हजार छ सय ७५, त्रिवेणी गाउँपालिकामा तीन हजार दुई सय ६४ र बाँफिकोट गाउँपालिकामा दुई हजार छ सय ४१ वटा अस्थायी आवास निर्माण भएका छन् ।

चौरजहारी नगरपालिकामा रु १५ करोड ६९ लाख ७४ हजार, आठविसकोट नगरपालिकामा रु २४ करोड ३३ लाख, मुसीकोट नगरपालिकामा रु तीन करोड ८६ लाख ७५ हजार, सानीभेरी गाउँपालिकामा रु १४ करोड ३३ लाख, त्रिवेणी गाउँपालिकामा १० करोड २८ लाख ७५ हजार र बाँफिकोट गाउँपालिकामा रु छ करोड ६० लाख २५ हजार लााभग्राहीको खातामा रकम जम्मा भएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालले जानकारी दिए , ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।