संसद बैठक बस्दै, सांसदको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ ।  संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।

बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदहरूले राखेको प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

आजको बैठकमा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका लागि १३ सांसदले लिखित प्रश्न पेश गरिसकेकाे संघीय संसद सचिवालयले जानकारी दिएकाे छ । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र सांसद किशोरसिंह राठौरसहित १३ सांसदले प्रश्न पेश गरेका हुन् ।

यसैगरी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठ, गोकर्ण विष्ट, रास्वपाका सांसद गणेश पराजुली र राप्रपाका सांसद गीता बस्नेतलगायतले प्रश्न सोधेका छन् ।

संसदको तेस्रो अधिवेशनको तेस्रो बैठकमा प्रधानमन्त्री दाहालले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित विषयमाथि उठेका प्रश्नहरुको प्रत्यक्षरुपमा जवाफ दिन लाग्नुभएकाे हाे ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।