दोहोरो अंकले घट्यो नेप्से, कारोबार ३ अर्ब ८६ करोडमा सीमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक १४.४६ अंकले घटेर २०६२.३ विन्दुमा झरेको हो ।

यसदिन ३०५ कम्पनीको ३ अर्ब ८६ करोड ९१ लाख १८ हजार ७४१ रुपैयाँ बराबरको १ करोड १४ लाख ७ हजार २६४ कित्ता शेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये उत्पादनमूलक बाहेक अरु सबैको परिसूचक राताम्मे भएको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक २.७१ प्रतिशतले घटेको छ ।

आज पनि हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको २२ करोड ८५ लाख रुपैयाँको ३ लाख ४५ हजार ५९२ कित्ता शेयर किनबेच भएको छ ।

घट्दो बजारमा पनि आज २ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । समाज लघुवित्त र बोटलर्स नेपाल (बालाजु)को शेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

आज मैलुङखोला हाइड्रोपावरका शेयरधनीले भने सर्वाधिक ५.७३ प्रतिशत गुमाएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।