माओवादी विधान अधिवेशनः २० समूह बनाएर छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। सत्तारुढ नेकपा माओवादी केन्द्रको आजदेखि सुरु भएको प्रथम विधान  अधिवेशनमा प्रस्तावित  विधानको मस्यौदामाथि २० वटा समूह बनाएर छलफल हुने भएको छ । 

प्रज्ञा भवन कमलादीमा सुरु भएको अधिवशेनमा विधानबारे सामूहिक छलफलका लागि ५०- ५५ सदस्य रहने गरि २० वटा समूह बनाइने बताइएको छ । समूहगत छलफल प्रज्ञाभवनको हल, नाचघर जमलको हल र पार्टी कार्यालय पेरिसडाँडामा हुने छ । 

विधान अधिवेशनमा एउटा मुल प्रस्ताव र अर्को पुरक प्रस्ताव पेश गरिएको छ । दुवै प्रस्तावमाथि बुधबारसम्म छलफल हुने बताइएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।