खेलाडीका लागि देशमै राम्रो वातावरण बनाउनुपर्छ : ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीहरुका लागि स्वदेशमै राम्रो वातावरण बनाउनसके विदेश पलायन हुनबाट रोक्न सकिने बताएका छन्।

सोमवार ललितुरको एन्फा कम्प्लेक्समा राजनीतिज्ञ र कलाकारबीच भएको मैत्रीपूर्ण खेलका क्रममा बोल्दै उनले राम्रा खेलाडीहरुका लागि बाहिर अवसर धेरै रहेकाले पलायनको अवस्था आएको बताए। 

उनले नेपालले नै अन्तर्राष्ट्रियस्तरका खेलहरु जितेर भविष्यका लागि राम्रो गर्न आवश्यक रहेको बताए। अध्यक्ष ओलीले आफू प्रधानमन्त्री भएका बेलामा रंगशालाको पुनः निर्माणदेखि नयाँ रंगशाला निर्माणमा धेरै काम गरेको दावी गरे।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।