राष्ट्र बैंकद्वारा ५ वटा मनिचेञ्जर कम्पनीको लाइसेन्स खारेज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ वटा मनिचेञ्जर कम्पनीको इजाजत पत्र (लाइसेन्स) खारेज गरेको छ । तोकिएको समयमै इजाजत नवीकरण नगर्ने ५ कम्पनीको लाइसेन्स खारेज गरेको हो ।

मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उप–विनियम (३) बमोजिम ती कम्पनीको लाइसेन्स खारेज गरिएको राष्ट्र बैंकले जनाएको छ ।

लाइसेन्स खारेज हुने कम्पनीहरूमा फेयर मनि एक्सचेञ्ज प्रालि, (वसन्तपुर, काठमाडौं), न्यातपोल मनि एक्सचेञ्ज प्रालि (तौमढी, भक्तपुर), कैलाश मनि एक्सचेञ्ज प्रालि (क्षेत्रपाटी, काठमाडौं), ग्रेस मनि एक्सचेञ्ज प्रालि (टिमुरे गोसाइँकुण्ड, रसुवा) र रुट नेपाल मनि एक्सचेञ्ज प्रालि (लालदरबार, काठमाडौँ) रहेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।