वालिङमा दुर्गेश थापामाथि जुत्ता प्रहार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । स्टेज पर्फमका क्रममा दुर्गेश थापामाथि जुत्ता हानिएको छ। 

स्याङ्जाको वालिङमा आयोजित महोत्सवमा शनिबार राति डन आयो डन… गीत गाउन स्टेजमा चढेका बेला दुर्गेशलाई जुत्ता हानिएको हो।

वालिङ उद्योग वाणिज्य संघको आयोजनामा भएको महोत्सवमा प्रस्तुति दिइरहेका बेला थापालाई दर्शकदिर्घाबाट एकजनाले जुत्ता हानेका हुन्। 

एकजना दर्शक प्रकाश डुम्रेले स्टेजमा जुत्ता हानेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

जुत्ता हानेका डुुम्रेलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको छ। डुम्रेले आफूले मदिरा पिएकाले उत्तेजित भएर जुत्ता हानेको बताएका छन्।

जुत्ता हानिए पनि दुर्गेशलाई लागेको थिएन। उनी जुत्ता हानिएपछि पनि स्टेजमा उफ्रिँदै गीत गाइरहेका थिए। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।