अर्थतन्त्रको संरचनामा परिवर्तन गर्न आवश्यक छ : पूर्वसभामुख सापकोटा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ ।  पूर्वसभामुख अग्निप्रसाद सापकोटाले आर्थिक क्षेत्रमा र्‍याडिकल रिफर्म (अर्थतन्त्रको संरचनामा परिवर्तन) गर्नुपर्ने बताएका छन्।

शनिबार नेपाल हिमालय सीमापार वाणिज्य संघको २४ औं साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले परम्परागत बजेट, योजना निर्माणका ढाँचाहरूमा परिवर्तन गरेर र्‍यायाडिकल रिफर्मको आवश्यकता रहेको बताए।

चीनबाट गरिबी निवारण र आर्थिक विकासबारे धेरै कुरा सिक्न आवश्यक रहेको उनकाे भनाइ छ।

चीनसँग प्रविधिका बारेमा पनि धेरै कुरा सिक्नुपर्ने बताए।

सापकाेटाले भने, ‘हाम्रो सम्माननीय प्रधानमन्त्रीज्युले आर्थिक क्षेत्रमा एउटा र्‍याडिकल रिफर्म गर्ने भन्नुभएको छ। याे धेरै नै महत्त्वपूर्ण छ। परम्परागत सबै बजेट, योजना निर्माणका ढाँचा र सबै परिवर्तन गरेर एउटा र्‍याडिकल रिफर्म गर्नुपर्छ। चीन हाम्रो छिमेकी राष्ट्र जहाँ गरिबी निवारण र आर्थिक विकासमा चमत्कार गरिरहेको छ। हामीले त्यहाँको प्रविधि र आर्थिक विकासबा धेरै कुरा सिक्नुपर्छ।’

उनले कुटनीतिक कौशलबाट सीमा सम्बन्धिका सबै समस्या समाधान गर्न सकिने पनि बताए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।