राष्ट्रपति पौडेलद्वारा क्यानडा र पोर्चुगलका लागि आवासीय ..

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले क्यानडा र पोर्चुगलका लागि आवासीय राजदूत नियुक्त गरेका छन्।

राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा भरतराज पौडेललाई क्यानडा र शनिल नेपाललाई गणतन्त्र पोर्चुगल लागि राजदूत नियुक्त गरेका हुन्।

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम राष्ट्रपति पौडेलले उनीहरूलाई राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।