पोस्टरमा देखिएका ‘महाजात्रा’ जोडी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फिल्म ‘महाजात्रा’को दुई जोडी पात्रको पोस्टर सार्वजनिक भएको छ। 

फिल्मका कलाकार विपिन कार्की र वर्षा राउत तथा दिव्य देव र गौमाया गुरुङको जोडीलाई सार्वजनिक गरिएको हो। फिल्म सोसल ड्रामा भएता पनि फडिन्द्र (विपिन) र सम्पदा (वर्षा) को प्रेमलाई दर्शकले ‘जात्रा’ शृंखलामा रुचाउँदै आइरहेका छन्।

यसमा दिव्यले (इन्स्पेक्टर एकदेव खत्री) र गौमाया (कान्ति थकाली) पनि जोडीका रुपमा थपिएका छन्।

‘हामीले देखाउने प्रेम अरू भन्दा फरक हुने गरेको छ। किनकि हाम्रो फिल्मको विषयवस्तु पैसासँग जोडिएको छ। यद्यपि जात्रै जात्रामा फडिन्द्र र सम्पदाको प्रेमलाई दर्शकले रुचाउनु भएको थियो’, निर्देशक प्रदीप भट्टराईले भने,’हामीले देखाएको प्रेम जोडीसँगै मित्रता, परिवार र देश प्रतिको पनि छ । यसपटक जात्रा भन्दा माथि उठेर महाजात्रा गरेका छौँ।’

फिल्ममा हरिवंश आचार्य, रवीन्द्रसिंह बानियाँ,रवीन्द्र झा अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको पनि अभिनय रहेको छ।

म्याक्स दीपेश खत्रीसँगै यज्ञश्वर पौडेल निर्माता रहेको फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ। उक्त कम्पनिका प्रमुख छत्र थापाका अनुसार आगामी चैत ९ गते ‘महाजात्रा’ नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुनेछ।

यसमा जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायाँकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल सङ्गीतकार, शमशेर लामा शृङ्गार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर रहेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।