एसीसी वुमन्स प्रिमियर कप खेल्ने महिला क्रिकेट टोली घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । नेपालले यसै सातादेखि मलेसियामा हुने एसीसी वुमन्स प्रिमियर कप खेल्ने टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ क्यानले टोली घोषणा गरेको हो। दुई प्रमुख खेलाडी डली भट्ट र कविता कुँवरलाई टोलीमा समेटिएको छ। 

इन्दु बर्माको कप्तानीमा घोषणा गरिएको टोलीमा डली भट्ट र कविता कुँवरले टोलीमा पुनरागमन गरेका हुन्। हिटर भट्ट यसअघि अष्ट्रेलिया गएकाले टोलीमा परेकी थिइनन्। उनी २०२२ जुनपछि नेपाली टोलीमा फर्किएकी हुन्। एपेन्डिक्सको शल्यक्रियाको कारण गत सेप्टेम्बरदेखि उनी टोली बाहिर थिइन्।

प्रतियोगिता १० फेब्रुअरीदेखि १८ सम्म मलेसियामा चल्नेछ। नेपाल, हङकङ, भुटान र माल्दिभ्स समूह डीमा छन्। समूह एमा थाइल्यान्ड, म्यानमार, कुवेत र सिंगापुर छन्। समूह बीमा यूएई, चीन, ओमान र जापान छन्। समूह सीमा इन्डोनेसिया, मलेसिया, बहराइन र कतार छन्।

हरेक समूहका शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्नेछन्। सेमिफाइनल हुँदै फाइनलमा पुग्ने दुई टोलीले एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकासँग खेल्न पाउनेछन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।