नेशनल लघुवित्तले १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीले आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो।

लघुवित्तको माघ २२ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ । जसमध्ये ७.५ प्रतिशत बोनस शेयर रहेको छ भने ७.५ प्रतिशत नगद लाभांश रहेको छ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण हुने छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।