पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान भएको छ। 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई नेतृत्वको छनोट तथा सिफारिस समितिले मंगलबार एक सूचना जारी गर्दै पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान गरेको हो। सिफारिस समितिले इच्छुक तथा योग्य उम्मेदवारले १५ दिनभित्र दरखास्त दिइसक्न भनेको छ। 

यसअघि ‘राजनीतिक भागबण्डा’का आधारमा नियुक्ति हुँदै आएका विश्वविद्यालयका उपकुलपतिका लागि पहिलोपटक खुला विज्ञापन आह्वान भएको हो। यसअघि त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि पनि खुला विज्ञापन आह्वान भएको थियो। 

त्रिविको उपकुलपतिका लागि दरखास्त ४३ जनाले दरखास्त दिएकामा हाल उनीहरुको आवेदन लगायत विश्वविद्यालय सुधारका लागि पेस भएका योजनाहरुको अध्ययन भइरहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जानकारी दिएको छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।