काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले काठमाडौं-दिल्ली-काठमाडौं रुटमा क्यान्सर पीडित बिरामीहरूलाई हवाइ भाडामा शतप्रतिशत छुट दिँदै आएको छ ।
निगमले सामाजिक उत्तरदायित्त्व अन्तर्गत पीडित परिवारलाई राहत दिने उद्देश्यले बिरामीलाई शतप्रतिशत र कुरूवालाई ५० प्रतिशत छुट सेवा दिँदै आइरहेको जानकारी दिएको हो ।
निगमका अनुसार क्यान्सरका बिरामीले छुट लिन डाक्टरको रिपोर्ट र नेपाल क्यान्सर रिलिफ सोसाइटीको सिफारिस चाहिन्छ ।
निगमले सोही सिफारिसको आधारमा सन् २०२३ मा काठमाडौं-दिल्ली-काठमाडौं गन्तव्यमा ७७० जनाले निःशुल्क हवाइ सेवा लिएको निगमले जनाएको छ।
Comment