बाँसबारी जग्गा प्रकरण : अरुण चौधरीसहित ३ जनालाई म्याद थपका लागि अदालत लगियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बाँसबारीस्थित छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका तीन जनालाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ ।

जग्गा हिनामिना प्रकरणमा प्रक्राउ परेका अर्बपति उद्योगी ६० वर्षीय अरुण चौधरी, बाँसबारी छाला जुत्ताका तत्कालीन अध्यक्ष ८० वर्षीय अजितनारायण सिंह थापा र च्याम्पियन फुटवेयर प्रालि तथा सिजी चाँदबागका सञ्चालक महोत्तरीको महोत्तरी गाउँपालिका–१ घर भएका ४५ वर्षीय सन्जय ठाकुरविरुद्ध थप अनुसन्धानका लागि आज दोस्रो पटक म्याद थप गर्न लागिएको हो।

सीआईबीले उनीहरुलाई माघ १८ गते पक्राउ गरेको थियो। उनीहरुविरुद्ध अनुसन्धान गर्न ४ दिनको म्याद थप भएको थियो। ४ दिनको म्याद आइतबार नै सकिएकाले आज दोस्रो पटक म्याद थप गर्न लागिएको हो।

पक्राउ परेका चौधरी र थापालाई सुरुमा चिरायु अस्पताल लगिएको थियो। पछि रेफर गरेर उनीहरुलाई अहिले टोखास्थित ग्राण्डी अस्पतालमा राखिएको छ। ठाकुर भने सीआईबीकै हिरासतमा छन्। उनीहरुले च्याम्पियन सु फ्याक्ट्रीका नाममा बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोप छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।