बद्रि पंगेनी र शान्ती भण्डारीको ‘चोली फेर्ने माया’ सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ ।  बद्री पंगेनी र शान्ति भण्डारीको स्वरमा रहेको ‘चोली फेर्ने माया’को म्युजिक भिडियो सार्वजनिक भएको छ। शुक्रबार काठमाडौँमा एक कार्यक्रमबीच गीत र भिडियो सार्वजनिक गरिएको हो।

सार्वजनिक समारोहमा बोल्दै गायक बद्री पंगेनीले आजभोलि गीत नहेर्ने, शेयर गरिहाल्ने परम्परा विकसित हुँदै गएकोप्रति दुःख व्यक्त गरे। उनले एउटा सर्जकले गीत लेख्दा धेरै मेहनत गरेको हुने भन्दै सबैले प्रतिक्रिया दिन आग्रह गरे।

कार्यक्रममा अभिनेता पुष्प खड्काले लोक गीत नेपालको मौलिक संस्कृति र पहिचान भएको बताए। लोक गीत चलचित्रबाट कहिल्यै टाढा नहुने उनको भनाइ थियो।

कार्यक्रममा बोल्दै गायक शिव हमालले चोली फेर्ने माया उत्कृष्ट कलाकारहरुबाट भरिपूर्ण र भाग्यमानी गीत भएको बताए। गीतमा शिव हमालको शब्द रचना र संगीत रहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।