तोलामा पाँचसय रूपैयाँले बढ्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  यो साता लगातार चौथो दिन पनि सुनको मूल्य बढेको छ। आइतबार स्थिर रहेर त्यसयता निरन्तर बढेको सुनको मूल्य बिहीबार पनि प्रतितोला पाँचसय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख १९ हजार दुईसय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ६ सय ५० रूपैयाँ कायम छ। 

बुधबार स्थिर रहेको चाँदीको मूल्य भने बिहीबार तोलामा १० रूपैयाँले घटेको छ। चाँदी आज प्रतितोला एक हजार चारसय १० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।