भ्रष्टाचार अन्त्यका लागि सबै शक्तिहरु एकताबद्ध हुनुपर्छ : ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले भ्रष्टाचार अन्त्यका लागि सबै राजनीतिक दलहरु एकताबद्ध हुनुपर्ने बताएका छन्।

मंगलवार काठमाडौंमा आयोजित ‘संसदमा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन । 

मुलुकलाई अघि बढाउनका लागि भ्रष्टाचारलाई शून्यतामा पुर्‍याउनुपर्ने भएकाले त्यसका लागि सबै राजनीतिक शक्तिहरु एकताबद्ध र प्रतिबद्ध भएर लाग्नुपर्ने अध्यक्ष ओलीको भनाइ थियो।

अध्यक्ष ओलीले राष्ट्रिय आत्मविश्वास जगाएर मुलुकलाई बनाउन सकिने पनि दोहोर्‍याए। ओलीले नीतिको नाममा आफूलाई अघि सारेर देशलाई पछि पार्ने काम गर्न नहुने पनि बताए। 

उनले भने, ‘राष्ट्रिय आय बढाउनु पर्दछ। त्यसको लागि सुशासन, पारदर्शीता। त्यसका लागि भ्रष्टाचार न्युनता र शून्यता। त्यस स्थितिमा नलाने हो भने देश कसरी बन्छरु त्यसकारण सबै कुराको सारतत्व हामी देश विकास गर्नसक्छौं । तर प्रतिबद्धता र प्रतिबद्ध प्रयास चाहिन्छ। सही बाटोमा अघि हिँड्नुपर्छ। मैले विगतमा संसदको प्रश्तुत गरेका अभिव्यक्तिहरुमा होस् अथवा अघिपछिका अभिव्यक्तिहरुमा पनि यिनै कुराहरु आएका छन्। मलाई लाग्छ–यस कुरामा देश एकजुट भएर अघि बढ्नुपर्दछ। राष्ट्रिय एकता, राष्ट्रिय संकल्प, राष्ट्रिय प्रतिबद्धता, राष्ट्रिय आत्मविश्वास यसका साथ अगाडि बढ्न जरुरी छ।’

अध्यक्ष ओलीले देशको विकासको कामलाई अघि बढाउन राष्ट्रिय सकल्पका साथ अघि बढ्नुपर्ने बताए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।