एनआईएमबि स्टेबल फन्डको आवेदन दिने आज अन्तिम दिन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । एनआइबिएल स्टेबल फन्ड (बन्दमुखि योजना)को इकाई खरिदका लागि आवेदन दिन मिति आज मात्र बाँकी रहेको छ । 

आज बैङ्किङ समयमा लगानीकर्ताले आवेदन दिन सकिने कम्पनीले जनाएको छ । एनआइएमबि एस क्यापिटल लिमिटेडको योजना व्यवस्थापन तथा नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कको कोष प्रवर्द्धनमा रहेको एनआईबिएल म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने “एनआईबिएल स्टेबल फन्ड” (बन्दमुखि योजना सहभागी हुन चाहनेले आजसम्म मात्रै फारम भर्न कस्नेछन् । 

कम्पनीले रु. १ अर्ब रकम बराबरको दश करोड इकाईहरू प्रति इकाई अङ्कित मूल्य रु.१० ÷– दरमा गत माघ २ गतेदेखि निष्कासन तथा बिक्री खुल्ला गरिएको फन्डमा हालसम्म ४१ हजार ४ सय ६५  जना आवेदकले आवेदन दिएका छन् । 

यस बन्दमुखि योजनाको इकाई खरिदका लागि ‘मेरो सेयर’ मार्फत सजिलै आवेदन दिन सकिनेछ । साथै आफ्नो बैङ्क खाता रहेको बैङ्क तथा वित्तीय संस्थाबाट समेत आवेदन दिन सकिनेछ ।  

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।