रिलायन्स स्पिनिङको आईपीओमा अधिकतम रेञ्जमा कटअफ, सर्वसाधारणमा कतिमा खुल्ला ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बुक बिल्डिङ विधिबाट प्राथमिक साधरण सेयर (आइपीओ)जारी गरेको रिलायन्स स्पिनिङ मिल्सको कटअफ मूल्य प्रतिकित्ता ९१२ रुपैयाँ निर्धारण हुने भएको छ ।

नेप्सेले सोमबार खोलेको शिलबन्दी अनुसार ९१२ रुपैयाँमै मागभन्दा बढी आवेदन परेकाले सो मूल्य नै अन्तिम हुने देखिएको हो । कम्पनीले माघ १० गतेदेखि १४ गतेसम्म संस्थागत लगानीकर्ताका लागि ७ लाख ७० हजार ६४० कित्ता सेयर बिक्रीमा ल्याएको थियो । जसमा कुल ६४ योग्य संस्थागत लगानीकर्ताले आवेदन दिएका थिए । तीमध्ये १८ लगानीकर्ताले प्रतिकित्ता ९१२ रुपैयाँ दरले आवेदन दिएका थिए ।

नेपाल धितोपत्र बोर्डले कम्पनीको आइपीओको लागि न्यूनतम ६०८ रुपैयाँदेखि अधिकतम ९१२ रुपैयाँसम्म रेन्ज तोकेको थियो । जसमा संस्थागत लगानीकर्ताले माथिल्लो रेन्जमै आवेदन हालेका छन् ।

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशत अर्थात् कुल १९ लाख २६ हजार ६०० कित्ता आइपीओ बिक्रीको अनुमति पाएको छ । सोमध्ये ४० प्रतिशत सेयर संस्थागत लगानीकर्तालाई बेचेको हो । अब बाँकी सेयर सर्वसाधरण, म्युचुअल फण्ड र कम्पनीका कर्मचारीलाई बेच्नेछ ।

रिलायन्सको कटअफ मूल्य निर्धारण भएसँगै अब आम सर्वसाधरणले निर्धारित मूल्यभन्दा १० प्रतिशत सस्तोमा सेयर किन्न पाउने छन् ।बुकबिल्डिङ निर्देशिका अनुसार संस्थालाई ‘कटअफ’ मूल्य निर्धारण भइसकेपछि सोको १० प्रतिशत मूल्य घटाएर मात्रै सर्वसाधारणलाई सेयर जारी हुनेछ । सो अनुसार अब सर्वसाधरणले ८२०.८० रुपैयाँमा आवेदन दिन पाउने छन् ।

बुक बिल्डिङ विधिबाट खुलेको आइपीओमा कम्तीमा ५० कित्ता आवेदन दिनुपर्नेछ । सो अनुसार सर्वसाधरणलाई कम्पनीको आइपीओ भर्न कम्तीमा ४१ हजार ४० रुपैयाँ चाहिने भएको छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।