नागरिकता दुरुपयोग गरी बैंकमा खाता खोल्ने व्यक्ति पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अर्काको नागरिकता दुरुपयोग गरी बैंक खाता खोल्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–२ घर भइ हाल काठमाडौं महानगरपालिका वडा नम्बर २० बस्ने ४० वर्षीया सरस्वती खड्का रहेकी छिन्।

उनलाई अर्काको नागरिकता प्रयोग गरी बैंकको केवाईसी विवरणमा आफ्नो फोटो टाँसेर खाता खोली अन्य व्यक्तिहरुलाई चेक दिएर दुरुपयोग गरेको कसुरमा पक्राउ गरेको हो। 

पक्राउ परेकी खड्काविरुद्ध बैंकिङ कसुर सजाय ऐन.२०६४ बमोजिम जिल्ला प्रहरी परिसर, काठमाडौंबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।