चलचित्र ‘जिग्री’को पोस्टर सार्वजनिक, फागुन ४ गते रिलिज हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सुस्केरा आर्ट्सको निर्माण तथा प्रस्तुति रहेको फिल्म ‘जिग्री’को प्रदर्शन मिति घोषणा भएको छ । निर्माताले तीन फरक पोस्टर सार्वजनिक गर्दै फागुन ४ गतेलाई रिलिज मिति घोषणा गरेका हुन् ।

कमेडी–क्राइम–एक्सन–ड्रामाको मिश्रण रहेको ‘जिग्री’ चलचित्रमा निर्देशक आकाशसँगै अभयराज बराल, सुशील राज पाण्डे, पशुपति राई, सुप्रिया राना, रोशन सुवेदी, जीवन बराल, वासुदेव खनाल, नवीन लम्साल, केदार श्रेष्ठ, दिवाकर घिमिरे, सुशीला लक्ष्मी महर्जन, मनीष ब्याञ्जु, स्नेहा रसाइली, अर्जुन पौडेल, शंकर भण्डारी लगायतको अभिनय छ।

निर्देशक आकाशको यसअघि ‘अध्याय’ र ‘कथा ७२’ फिल्ममा मुख्य अभिनय छ। उनले केही वर्ष रंगमञ्चमा अभिनय र निर्देशन पनि गरेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।