रिलायबल लाइफको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले लाभांश र साधरण सभा प्रयोजनार्थ भोलि (माघ १५ गते) बुक क्लोज तोकेको छ । जसअनुसार आज माघ १४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोवार भई कायम शेयरधनीले मात्र वार्षिक साधारण सभामा भाग लिन, मतदान गर्न तथा लाभांश प्राप्त गन सक्ने छन् ।

सभाले हाल कायम रहेको चुक्ता पूँजी ४ अर्बको १६ प्रतिशतले हुने आउने बोनस शेयर जारी गर्ने प्रस्ताव पारीत गर्ने विषेश प्रस्ताव पारित गर्ने छ ।

यस्तै सभाले चुक्ता पूँजी सम्बन्धी व्यवस्था संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारीत गर्नुका साथै संशोधित प्रबन्धपत्र अभिलेख गर्ने क्रममाः नियमनकारी निकायहरुबाट कुनै फेरवदल गर्न निर्देशन प्राप्त भएमा सो अनुसार गर्नको लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने छ ।

साथै सभाले सहायक कम्पनी रिलायवल इन्भेष्टमेन्ट एण्ड मर्चेण्ट क्यापिटल लिमिटेडको आ.व. २०७९\०८० को वित्तीय विवरणहरु सहितको एकिकृत वित्तीय विवरण, आ.व. २०७०\८१ को लागि लेखापरीक्षण समितिबाट सिफारीस गरीएका लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रताव पारित गर्ने छ ।

इन्स्योरेन्सले माघ २९ गते लिसरा व्यांकेट, ज्ञानेश्वर काठमाण्डौंमा सभा आह्वान गरेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।