एक वर्षमै निगमको मुहार फेरिने पर्यटनमन्त्री किरातीकाे दाबी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगमलाई देशकै गौरवको विषय बनाउनुपर्ने बताएका छन् । सिनामंगलस्थित  निगमको जग्गामा निगमको प्रधान कार्यालय भवनको शिलान्यास गर्दै उनले यस्तो बताएका हुन।

उनले सबैले इमान्दार भएर काम गर्ने हो भने एक वर्षमै निगमको मुहार फेरिने दाबी गर्दै निगम अन्तार्राष्ट्रिय जगतमा चिनाउने देशको मुहार भएकाले निगमलाई राम्रो बनाउनुपर्ने बताए । उनले निगमले नेपालको इतिहास र वर्तमान गौरवलाई प्रस्तुत गर्ने समेत बताए ।

आफू मन्त्री बनेपछि गरेको एक वर्षको कामले कछुवाको गतिमा भएपनि निगमलाई राम्रो र व्यवस्थित बनाउन आफू लागिरहेको उनको दाबी छ ।

उनले  निगमले एक वर्षमा आफ्नो व्यवस्थापन खर्चबाट रकम निकालेर तिरेको ऋण, चिनियाँ जहाजको निकास दिने कुराको शाहस र आँट, दुर्गम क्षेत्रमा उडान गर्ने जहाजहरुको खरिद प्रक्रिया अघि बढाइएको सन्दर्भले बिस्तारै निगम माथि उठ्दै गएको अनुभुति भएकोबताए ।

मन्त्री किराँतीले आजबाट निगमको गाडीमा गेयर चेन्ज भएकाले स्पिडमा काम अघि बढ्ने दाबीसमेत गरे ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।