भारत र अमेरिकालगायत ठूला देशले नेपालमा लगानी गर्न चाहेकाे अर्थमन्त्री महतको दाबी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अर्थमन्त्री डा। प्रकाशशरण महतले नेपालमा लगानी गर्नका लागि यथेष्ट चाहनाहरु प्रकट भइरहेको दाबी गरेका छन्।

काठमाडौंमा शुरु भएको मार्केटिङ समिट २०२४ को उद्घाटन समारोहमा बोल्दै उनले भारत, चीन, अमेरिकालगायतका मुलुकका उद्यमीहरुले नेपालमा लगानी गर्न यथेष्ट चाहना राखेको बताएका हुन ।

उनले नेपालका अर्थतन्त्रका सबै सूचकहरु सकारात्मक रहेकाले पनि नेपालमा लगानीको अभाव नहुने दोहोर्याए। अर्थमन्त्री महतले मुलुकका आर्थिक गतिविधि विस्तारै अघि बढेको उल्लेख गर्दै यसलाई बढावा दिन सकारात्मक सोचका साथ अघि बढ्नुपर्ने बताए ।

उनले सरकारले नेपालमा लगानी भित्र्याउनका लागि आगामी वैशाख १६ र १७ गते हुने लगानी शिखर सम्मेलनमा लगानी भित्र्याउनका लागि उपयुक्त खालका परियोजनाहरु प्रश्तुत गर्ने तयारी भइरहेको पनि  बताए ।

मन्त्री महतले नेपालको आर्थिक क्षेत्रको अवस्थामा सुधार ल्याउनका लागि आत्मविश्वास जगाउनुपर्ने आवश्यकता पनि औंल्याए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।