यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले माघ ९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ।

सरकारले जापान सरकारबाट कोटेश्वर इन्टरसेक्सन प्रोजेक्टको लागि प्रस्तावित चौंतिस अर्ब ४९ करोड जापानी येन (करिब एकतिस अर्ब दुई करोड नेपाली रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी मस्यौदा सम्झौतालाई अन्तिम रुप दिन जापान सरकारसँग वार्ता गर्न वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। 

यस्तै गृह मन्त्रालयको प्रस्तावमा सशस्त्र प्रहरीसम्बन्धी विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको लागि नेपाली अवैतनिक महावाणिज्यदूत दीपककुमार खड्काले १० अक्टोबर २०२३ देखि लागू हुने गरी पेस गरेको राजीनामा स्वीकृत गर्ने निर्णय पनि गरिएको छ।

माघ २२ गते दिउँसो ४ बजे बस्ने गरी संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि गरिएको छ।

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरूः

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।