गुराँस लघुवित्तको नाफा ३१ गुणाले बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको खुद नाफामा उछाल आएको छ । लघुवित्तले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ३०१६.६२ प्रतिशतले बढेकाे हाे ।

लघुवित्तले चालु आवको पुस मसान्तसम्ममा ७७ लाख २८ हजार रुपैयाँ कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ३१ गुणाले धेरै हो । लघुवित्तले गत वर्षको पुससम्म २ लाख ४७ हजार रुपैयाँ नाफा कमाएको थियो ।

लघुवित्तको खुद ब्याज आम्दानी, सञ्चालन नाफा बढ्दा र खराब कर्जा घट्दा नाफामा छलाङ मारेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २८.७९ प्रतिशतले बढेर २ करोड ८९ लाख रुपैयाँ पुगेका छ । त्यस्तै, गत वर्ष १३ लाख ८२ हजार ऋणात्मक रहेको सञ्चालन मुनाफा यस वर्ष बढेर ७९ लाख ७६ हजार रुपैयाँ पुगेका छ ।

समीक्षा अवधिमा लघुवित्तले २८ करोड ८४ लाख रुपैयाँ निक्षेप र ९९ करोड ८३ लाख रुपैयाँ सापटी लिई कुल १ अर्ब ४२ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।

हाल १० करोड १४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा ३ करोड रुपैयाँ संचित छ ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी १५.२४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२९.६७ रुपैयाँ रहेको छ । यस अवधिमा लघुवित्तको खराब कर्जा ४.२७ प्रतिशतबाट घटेर ३.७५ प्रतिशतमा झरेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।