‘जय श्रीराम’ भन्दै देउवाले दिए मोदीलाई बधाई, नेपालका राजनीतिक दलबाट आएको पहिलो प्रतिक्रिया

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा कार्यक्रमका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन्।

सामाजिक सञ्जाल एक्स देउवाले मङ्गलवार भारतीय प्रधानमन्त्री मोदीलाई बधाई दिएका हुन्।

 अयोध्यामा राम मन्दिर पुनर्स्थापनाबारे नेपालका राजनीतिक दलबाट आएको यो पहिलो औपचारिक प्रतिक्रिया हो ।

उनले लेखेका छन्, ‘अयोध्यामा राम मन्दिरको उद्घाटनका लागि प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई। पवित्र प्राण प्रतिष्ठा समारोह सनातन धर्मका सबै अनुयायिहरूका लागि  गौरवको क्षण हो। जय श्री राम!’

सोमवार भारत उत्तर प्रदेशको अयोध्यामा राम मन्दिरमा प्राण प्रतिष्ठा हुँदा नेपालका विभिन्न स्थानमा दिपोत्सव गरेर मनाइएको थियो।  

मङ्गलवार पहिलो पटक राम मन्दिर सर्वसाधारणका लागि खोलिएको छ। बिहानैदेखि भगवान रामको दर्शनका लागि श्रद्धालु भक्तजनहरूको भिड लागेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।