प्रधानमन्त्री कपमा नेपाल पुलिसको अपराजित यात्रा कायमै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले आफ्नो अपराजित यात्रा कायमै राखेको छ।

सोमबार भैरहवामा भएको खेलमा पुलिसले अर्को विभागीय टिम सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लबलाई ५८ रनले पराजित गर्‍यो।

एक सय ४६ रनको लक्ष्य पाएको एपीएफ ३४ ओभरमा ८७ रनमा अलआउट भयो । पुलिसका ललित राजवंशी एक्लैले ५ विकेट लिए । रसिद खानले २ र सागर ढकालले एक विकेट हात पारे । एपीएफका लागि सन्दीप जोराले सर्वाधिक २५ रन बनाए ।

त्यसअघि पुलिसले ४१ ओभरमा सबै विकेट गुमाएर एक सय ४५ रन जोडेको थियो । पुलिसका लागि दिलिप नाथले ४४, अर्जुन साउदले ३१ र शंकर रानाले २२ रन बनाएका थिए ।

जितसँगै पुलिस ४ खेलबाट ८ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । ६ खेलबाट ८ अंक भएको बागमती प्रदेश दोस्रो स्थानमा छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।