मेनुका पौडेल इण्डियन आइडलको उत्कृष्ट १० मा प्रवेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ‘इण्डियन आइडल’मा प्रतिस्पर्धा गरिरहेकी नेपाली गायिका मेनुका पौडेल टप १० मा प्रवेश गरेकी छन् । गएराति प्रशारण भएको श्रृंखलाबाट उनी इण्डियन आइडलको १४ औं संस्करणको टप १० मा प्रवेश गरेकी हुन् ।

गएराति उनले आफ्नो कम्फर्ट जोनबाट बाहिर गएर फास्ट बिटको गीत गाएकी थिइन् । जसको निर्णायकहरूले खुलेर प्रशंसा गरेका थिए।

बटम–थ्रीमा परेका पियुष, अञ्जना र मुस्कानमध्येबाट मुस्कान बाहिरिइन् । योसँगै इण्डियन आइडलमा अन्तिम १० को समीकरण तयार भयो ।

मेनुकाको गायिकीको भारतमा प्रशंसा भइरहेको छ । मेनुकाले केही समय अगाडि रिलिज भएको चलचित्र ‘सलार’मा गीत गाउने अवसर पाएकी थिइन् । मेनुका नेपाल आइडलबाट टप ११ बाट बाहिरिएकी थिइन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।