बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारिणी समिति बैठक बोलाएर शिक्षक, कर्मचारी र चिकित्सकका माग सम्बोधन गर्न निर्देशन दिएका छन्।

प्रतिष्ठानका उपकुलपति डा. प्रह्लाद कार्कीलाई आज सिंहदरबारमा बोलाएर प्रधानमन्त्रीले समितिको बैठक बोलाउन निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीले उपकूलपति डा. कार्कीलाई भने, ‘तपाईंले पदाधिकारीलाई काठमाडौं नबोलाउनुस्, धरान जानुस्, कार्यकारिणी समितिको बैठक बोलाउनुस्,अन्तर्वार्ताको मिति तोक्नुहोस् र नियमावली संशोधनको प्रस्ताव सिनेटमा लैजाने निर्णय गर्नुस् ।’

यसैबीच प्रधानमन्त्रीले सहकूलपति तथा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतलाई फोन गरेर आजैका मितिले कानुनअनुसार २१ दिनको समय राखेर सिनेटको मिति तोक्न समेत निर्देशन दिएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।