पशुपतिको जलहरी प्रकरणमा मुछिएका सदस्यसचिव ढकाल ३ लाख धरौटीमा रिहा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विशेष अदालतले पशुपतिको जलहरी निर्माण भ्रष्टाचार मुद्दामा आरोपित पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव डा प्रदीप ढकालसँग तीन लाख धरौटी माग गर्ने आदेश गरेको छ।

विशेष अदालतमा बुधबार उपस्थित भएका ढकाललाई न्यायाधीशहरु खुशीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले तीन लाख धरौटी माग गरेको हो। केही दिनअघि निलम्बित सदस्य सचिव मिलनकुमार थापा तीन लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए। उनी पुसको २५ गते धरौटी बुझाएर रिहा भएका थिए।

अख्तियारले पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा भ्रष्टाचार भएको भनी कोषका सदस्य सचिव थापासहित तत्कालीन सदस्य सचिव डा प्रदीप ढकाल र अरुण श्रेष्ठविरुद्ध १ करोड १७ लाख रुपैयाँ बिगो मागदाबी गरी विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

विशेष अदालतका सदस्यहरु डा खुसीप्रसाद थारु र रामबहादुर थापाको इजलासले डेढ किलो सुन हिनामिना गरेको आरोप लागेका तत्कालीन कोषाध्यक्षसमेत रहेका मिलन थापासँग ३ लाख रुपैयाँ धरौटी मागेको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।