अधिकार सम्पन्न नभए संघीयताको कुनै अर्थ छैन : उपेन्द्र यादव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अधिकार सम्पन्न नभए संघीयताको कुनै अर्थ नरहने बताएका छन्।

बुधबार जनकपुरधामा मधेस प्रदेशका गृह संचार तथा कानून मन्त्रालयद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले भने ‘मुख्यमन्त्री छ, झण्डा छ, सरकार पनि आफ्नो छ तर राज्य आफ्नो छैन भने संघीयताको कुनै अर्थ हुँदैन।’

अधिकारका लागि केन्द्रलाई घच्घचाइरेको आठ वर्ष भएको प्रसंग कोट्याउँदै अध्यक्ष यादवले बिना साधन स्रोतको अवस्थामा मधेश प्रदेशले वेथिति बेहोर्नु परेको बताए।

भ्रष्टाचार र कमिसनतन्त्र सुशासनको शत्रु भएको बताउँदै अध्यक्ष यादवले सुशासनका लागि शपथ लिन आव्हान गरे। 

उनले राजनीतिकर्मीलाई भ्रष्टाचारको दलदलमा नफस्न पनि आग्रह गरे।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।