१२ सय रुपैयाँले घट्यो सुनको भाउ ,कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नेपाली बजारमा बुधबार छापावाला सुन भाउ १२०० रुपैयाँले घटेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार २०० रुपैयाँ तोकिएको छ । मंगलबार सुनको मूल्य प्रतितोला १ लाख १९ हजार ४०० रुपैयाँ तोकिएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला तेजावी सुन १ लाख १७ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार १ लाख १८ हजार ८५० रुपैयाँ तोकिएको थियो ।

बुधबार प्रतितोला चाँदी १ हजार ४०० रुपैयाँ तोकिएको छ । मंगलबार प्रतितोला चाँदी १ हजार ४१५ रुपैयाँ तोकिएको थियो ।

अन्तराष्ट्रिय बजारमा आज प्रतिऔंस सुन २ हजार २५ दशमलव ६७ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २२ दशमलव ८६ डलरमा कारोबार भइरहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।