बीपी प्रतिष्ठानको समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या तत्काल समाधान गर्न स्वास्थ्यमन्त्रीलाई निर्देशन दिएका छन्। 

मंगलबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई बालुवाटारस्थित निवासमै बोलाएर प्रधानमन्त्री दाहालले प्रतिष्ठानमा देखिएका समस्या समाधान गर्न निर्देशन दिएका हुन्। 

उनका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रधानमन्त्री दाहालले प्रतिष्ठानको पछिल्लो अवस्थाबारे जानकारी लिए। सेवा प्रभावित हुँदा सर्वसाधारणले दुःख पाएकाले यसलाई गम्भीररूपमा लिन उनले मन्त्री र मुख्यसचिवलाई निर्देशन दिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।