टेलिकमले पठाउन सुरु गर्यो सेयरधनीहरुको खातामा नगद लाभांश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले लाभांश पठाउन सुरु गरेको छ । टेलिकमले आफ्ना सेयरधनीलाई आजदेखि (माघ ३ गते) नगद लाभांश खातामा पठाउन सुरु गरेको हो ।

कम्पनीले सेयरधनीहरुको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा ४० प्रतिशत नगद लाभांश (कर सहित) जम्मा गर्न लागेको छ । कम्पनीले गत पुस २९ गते सम्पन्न साधारण सभाले सो बराबरको लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

टेलिकमले हालसम्म पनि डिम्याट खाता र बैंक खाता अपडेट गराउन सेयरधनीलाई आग्रह गरेको छ । खाता अपडेट गरे मात्रै नगद लाभांश आउने सूचनामा उल्लेख छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।