सुनको मुल्य घट्याे,कतिमा हुदैछ कारोवार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । माघ महिनाको दोस्रो कारोबार दिन सुनको भाउ घटेको छ । मंगलबार छापावाला सुनको भाउ प्रतितोला १०० रुपैयाँले घटेको हो ।

नेपाली बजारमा सोमबार भने १ लाख १९ हजार ५०० रुपैयाँमा खरिद बिक्री भएको थियो । तर, आजका लागि भने १ लाख १९ हजार ४०० रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुनको भाउ भने १ लाख १८ हजार ८५० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन १ लाख १८ हजार ९५० रुपैयाँ किनबेच भएको थियो ।

यस्तै, साताको तेस्रो कारोबार दिन चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ४२० रुपैयाँ कायम भएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।