पाँच महिनामा विदेश अध्ययनमा बाहिरियो एक खर्ब २३ अर्ब

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ ।  रेमिट्यान्सले धानिएको मुलुकका नागरिकले विभिन्न देश घुमघाम गर्दा र उच्च शिक्षा अध्ययनकै क्रममा पाँच महिनामा एक खर्ब २३ अर्ब रुपैयाँ बाहिरिएको छ भन्ने सुन्दा अपत्यारिलो लाग्न सक्छ । तर, यस्तो वास्तविकता नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले सत्य साबित गरेको हो ।

राष्ट्र बैंकको पछिल्लो विवरणअनुसार चालू आर्थिक वर्षको पाँच महिनामा यो परिमाणमा रकम बाहिरिएको हो। 

अध्ययन र भ्रमणकै लागि अघिल्लो वर्षको यो अवधि (साउनदेखि मंसिरसम्म) ८४ अर्ब रुपैयाँ बाहिरिएको थियो । गत वर्षको तुलनामा यो वर्षको पाँच महिनामा थप ३९ अर्ब रुपैयाँ बाहिरिएको हो। 

साउनदेखि मङ्सिरसम्म भ्रमणका लागि ७५ अर्ब ७३ करोड रुपैयाँ बाहिरिएको छ। गत वर्ष यति अवधिमा ४७ अर्ब ४८ करोड रुपैयाँ बाहिरिएको थियो । 

यस्तै अध्ययन प्रयोजनका लागि ४७ अर्ब ३४ करोड रुपियाँ लागि बाहिरिएको छ। गत वर्ष यति अवधिमा २८ अर्ब ८० करोड रुपैयाँ विदेशिएको थियो।  

अध्ययन र भ्रमणका लागि पाँच महिनामा बाहिरिएको रकम नेपालले वस्तु निर्यातबाट गरेको आम्दानीको तुलनामा दोब्बरभन्दा बढी हो। यो अवधिमा नेपालले ६२ अर्ब रुपैयाँको मात्र वस्तु निर्यात गरेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।