चन्द्रागिरिको सेतोपहरामा कार दुर्घटना, पाँच जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चन्द्रागिरि नगरपालिका-४ पानीघाट नजिक हिमचुली सेतोपहरामा भएको सवारी साधन दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । काठमाडौंबाट चित्लाङतर्फ जाँदै गरेको प्र ३-०१-२३ च ६९८५ नम्बरको फोर्ड गाडी अनियन्त्रित भई सडकदेखि अन्दाजी पाँच सय मिटर तल खसी दुर्घटना भएको थियो ।  

दुर्घटनामा कार चालक डा.महेश कुमार गौतम, ६७ वर्षका ओमकार निधि तिवारी, ६४ वर्षकी कल्पना तिवारी र ४ वर्षका प्रियान्स गौतमको मृत्यु भएको प्रहरीले जनाएको छ।  यस्तै दुर्घटनामा गम्भीर घाइते भएकी ६ वर्षीया स्मारिका गौतमको पनि उपचारको क्रममा मृत्यु भएको छ। उनकी आमा डा. सृष्टी तिवारी गौतम भने सकुशल रहेको प्रहरीले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।