हिमालयन एभरेष्ट इन्स्योरेन्सले बोलायो साधारण सभा, के–के छन् एजेण्डा ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट घोषणा गरेको लाभांश पारित गर्न साधरण सभा बोलाएको छ ।

कम्पनीले माघा २५ गते ३०औं वार्षिक साधरण सभा बोलाएको हो । कम्पनीको सभा बानेश्वर ब्याङ्कवेट, थापागाउँ, काठमाडौँमा बिहान १० बजे सुरु हुनेछ ।

कम्पनीले सभामा गत वर्षको नाफाबाट घोषणा गरेको ८.६३ प्रतिशत बोनस सेयर र करसहित ६.३७ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश पारित गर्ने प्रस्ताव मुख्य एजेन्डाको रुपमा लैजाने भएको छ । प्रस्तावित लाभांश सो सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।

कम्पनीले साधरण सभा तथा लाभांश प्रयोजनका लागि माघ १४ गते बुकक्लोज मिति तोकेको छ । सो अनुसार माघ ११ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।