फिल्म ‘चित्रा’ आजदेखि देशभरि प्रदर्शनमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली फिल्म ‘चित्रा’ आज पुस २७ गते देशभरिका सिनेमाहलमा प्रदर्शनमा आउने भएको छ।

फिल्ममा अर्पण थापा, प्रमोद अग्रहरी, मेनुका प्रधान, प्रकाश घिमिरेलगायत कलाकारको अभिनय रहेको छ। यही फिल्मबाट सन्तोष अधिकारीले नेपाली रजतपटमा डेब्यु गरेका छन्। फिल्मका निर्देशक घनश्याम लामिछाने हुन्। बाबुछोरीको कथा रहेको ‘चित्रा’मा सन्तोष, मेनुका, शुभेच्छा, अर्पण, प्रमोद, प्रकाशको साथमा अञ्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दिपेश गजुरेललगायत कलाकारको अभिनय छ। 

‘चित्रा’का निर्माता आशिष थापा मगर हुन् भने सन्तोष अधिकारी कार्यकारी निर्माता हुन्। अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको यो फिल्ममा राजनराज शिवाकोटीको संगीत छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।