नेप्सेमा झिनो गिरावट, यी ८ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सेयर बजारमा झिनो गिरावट आएको छ । सोमबारदेखि लगातार उकालो लागेर ६७ अंकले बढेको नेप्से आज १ अंकभन्दा कमले घटेको हो ।

सूचकमा झिनो अंकले घटे पनि कारोबार रकम भने ह्वात्तै घटेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ८३ करोडले घटेर ४ अर्ब ३० करोड रुपैयाँमा सीमित भएको छ ।

बिहीबार नेप्से परिसूचक ०.६२ अंकले घटेर २०८८.९९ विन्दुमा आइपुगेको छ । आज ३०७ कम्पनीको २ करोड २१ लाख ३२ हजार ७६८ कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ४ को परिसूचक बढेको छ भने ९ को घटेको छ । हाइड्रोपावर समूहको परिसूचक सबैभन्दा धेरै १.५६ प्रतिशतले बढेको छ भने जीवन बीमा समूह १.०४ प्रतिशतले घटेको छ ।

आज हिमालयन बैंकको प्रमोटर सेयर सर्वाधिक कारोबार भएको छ । यसको पौने २४ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको प्रमोटर सेयर साढे १९ करोड र सोनापुर मिनरल्स साढे १६ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

झिनो अंकले घटेको बजारमा आज ८ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । निर्धन उत्थान लघुवित्त, समाज लघुवित्त, मिड सोलु हाइड्रोपावर, त्रिशूली जलविद्युत्, मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजिङको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

त्यस्तै, हिमालयन रिइन्स्योरेन्स र मेगा म्युचुअल फण्ड १ का सेयरधनीले पनि १० प्रतिशत कमाएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।