बज्रबाराहीमा साताैं मेयरकप क्योकुशिनकाई कराते प्रतियोगिता शुक्रबारबाट हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर ।  ललितपुरको चापागाउँमा १९ नेपाल फुलकन्ट्याक इन्काेर्पाेरेटेड क्याेकुशिन कराते प्रतियोगिता तथा साताैं मेयर कप क्याेकुशिन कराते प्रतियोगिता हुने भएको छ। नेपाल फुलकन्ट्याक इन्काेर्पाेरेटेड क्याेकुशिन कराते फाउण्डेशनको आयाेजना यही पाैष २७ गते शुक्रबारदेखि उक्त प्रतियोगिता हुने कार्यक्रम तय भएको ब्रान्च चिफ जय देसारले जानकारी दिए ।

प्रतियोगितामा देशभरका विभिन्न जिल्लाहरुबाट १ सय ८०भन्दा बढि खेलाडीहरुले भाग लिने छन्। 

प्रतियोगितामा पुरुषतर्फ अण्डर २५, ३०, ३५, ४०, ४५, ५०, ५५ र ६० केजीका साथै खुला तौल समूहमा समेत गरि १५ समुहमा प्रतिस्पर्धा हुनेछ । त्यस्तै महिलातर्फ ३५, ४०, ५० र ५५ केजीका साथै खुला तौल समुहमा समेत गरि पाँच समुहमा प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा राष्ट्रिय कलाकार टेकराज लंङ्घाली लगायतका अग्रज कलाकारहरुले सांस्कृतिक प्रस्तुति प्रदर्शन समेत गर्ने छन् ।

कार्यक्रममा खेलकुद तथा सामाजिक क्षेत्रमा याेगदान पुर्‍याउने विभिन्न व्यक्तिहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेकाे छ।

आयाेजक संस्थाका काेषाध्यक्ष तथा जयराम भुलुनका अनुसार देशका विभिन्न स्थानबाट आउने खेलाडीहरुका लागि खाने र बस्ने आवश्यक प्रबन्ध आयोजकले नै व्यवस्थापन गरेको छ।

प्रतियोगिताको उद्घाटन समारोहको प्रमुख आतिथ्यता गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जन र समापन समारोहकाे प्रमुख आतिथ्यता बागमती प्रदेशसभा सदस्य मीनकृष्ण महर्जनले गर्ने आयाेजक संस्थाका सहायक डाेजाे प्रमुख युवराज जिम्माले जानकारी गराए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।