नेपाल पुनर्बीमा कम्पनीको १५ लाख कित्ता सेयर बिक्रीमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले संस्थापक समूहको सेयर लिलाम बढाबढ प्रक्रियाद्धारा बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक समूह तर्फको १५ लाख कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरको न्यूनतम मूल्य ३२५ रुपैयाँ तोकेको हुँदा आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अकिंत गरी आवेदन पेश गर्ने सकिनेछ ।

सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (पुष २४ गते) ले ३५ दिन अर्थात माघ २९ गते भित्र कम्पनीको बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल चौथो तल्ला टे«ड टावर थापाथली ११ काठमाडौँमा आवेदन दिन सकिनेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।