भ्रामक, अतिरंजित र तथ्यहीन समाचारहरूको सम्प्रेषण भएको भन्दै सूर्यज्योति लाइफको ध्यानाकर्षण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले भ्रामक, अतिरंजित र तथ्यहीन समाचारहरूको सम्प्रेषण भएको भन्दै ध्यानाकर्षण जनाएको छ । कम्पनीले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।

सिमित अनलाइन मिडियाहरूद्वारा सुनियोजित तवरले श्रृंखलाबद्ध गरि फरक फरक शीर्षक राखी कम्पनी प्रति नकरात्मक असर पु¥याउने हेतुले आफुखुसी अपव्याख्या समाचार प्रकाशित भएको जनाएको छ । ‘कपोलकल्पित, भ्रामक, अतिरंजित र तथ्यहीन र सत्य तथ्य नबुझी तथा विषयगत ज्ञान नराखी सिलसिलेवार तवरले समाचारहरूको सम्प्रेषण भएका यस्ता समाचारहरू प्रति सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको गम्भीर ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा भनिएको छ ।

कम्पनीले सदैव संस्थागत सुशासन, बीमा ऐन र नीति नियमको अवलम्बन गर्दै आएको र नियमनकारी निकाय बीमा प्राधिकरणको प्रत्यक्ष निगरानी र निर्देशन अनुसार आफ्ना सम्पुर्ण कार्यसम्पादन गर्दै आएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारका अन्य नियामक निकाय कम्पनि रजिस्ट्रारको कार्यालय, आन्तरिक राजस्व कार्यालय, नेपाल स्टक एकस्चेञ्ज (नेप्से), नेपाल धितोपत्र बोर्ड (सेबोन), सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड लगायत सबै सरोकारवाला नियामक निकायहरूको नीति, नियम र निर्देशनहरूको परिधि भित्र रही सो निर्देशनहरूको पूर्ण परिपालना गर्दै संस्थागत सुशासनलाई प्राथमिकता दिई कार्य गर्दै आएको व्यहोरा जानकारी गराउँदछौं ’

आम जनतामा नै भ्रम सिर्जना गर्ने र कम्पनीको प्रतिष्ठामा आँच पु¥याउने उद्देश्यले सुनियोजित तवरले प्रकाशित गरेको र यस्ता आधारहिन समाचारको पछि नलागी पुर्ण रूपमा निर्धक्क भई दृढ विश्वास राखी विगतमा झैँ कम्पनीले जारी गरेको बीमालेख खरिद गर्न र अन्य सेवासुविधा लिन आग्रह गरेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।