चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा सुमन श्रेष्ठ विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा सुमनकुमार श्रेष्ठ निर्वाचित भएका छन्। 

हिजो सम्पन्न निर्वाचनको आज सार्वजनिक मत परिणाम अनुसार श्रेष्ठले एक हजार ५१५ मत प्राप्त गरे।  श्रेष्ठका प्रतिस्पर्धी सिरिस पन्तले ८४३ मत मात्रै ल्याए। 

संघको नयाँ कार्यसमितिमा श्रेष्ठको प्यानलका अधिकांश उम्मेदवार निर्वाचित भएका छन्। पन्त भने एक्लै निर्वाचनमा होमिएका थिए।  वरिष्ठ उपाध्यक्षमा चिरञ्जिवी सुवेदी निर्वाचित भए।

उपाध्यक्षमा उद्योगतर्फ अशोक अधिकारी, वाणिज्यतर्फ राजेन्द्र ओली र वस्तुगततर्फ नारायण प्रधान विजयी भए। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।