राष्ट्रिय सभा निर्वाचन : मतदाताको अन्तिम नामावली सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशित गरेको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आइतबार आयोगले माघ ११ गते हुने निर्वाचनका लागि सातवटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन गरेको हो।

पुस २० गतेदेखि प्रकाशित मतदाता नामावलीउपर दाबी विरोधलगायत कार्यको समय सकिएको छ। पुस २३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उमेदवारको मनोनयन दर्ता गरिनेछ।

पुस २७ गते उमेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन कार्यतालिका छ।

माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान गरिनेछ। मतदान सकिएपछि सोही दिन मतगणना गरिने आयोगले जनाएको छ।  माघ ११ गते राष्ट्रियसभामा रिक्त १९ पदका लागि निर्वाचन हुँदै छ।

हेर्नुस् आयोगको सूचना जस्ताको तस्तै :

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।