कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कुमारी बैंक लिमिटेडले ६६ हजार ७६९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

बैंकले तुलाराम सिजालीको नाममा रहेको ३ हजार १६६ कित्ता, प्रताप मेहेरको नाममा रहेको ७ हजार ४१४ कित्ता, बुद्धि बहादुर श्रेष्ठको नाममा रहेको ५४ हजार ९८२ कित्ता र अम्बर बहादुर तारमी मगरको नाममा रहेको १ हजार २०७ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन पाउने छन् । उक्त सेयरमा आम सर्वसाधारणले आवेदन दिन पाउने छैनन् । संस्थापक सेयरधनीले ३५ दिनभित्र क्यापिटल लिमिटेड लिमिटेड नक्साल नागपोखरीमा सम्पर्क गर्न सक्ने छन् ।

३५ दिनभित्र संस्थापक सेयरधनीबाट आवेदन नपरेमा भने अन्य व्यक्तिलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ । सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुनेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।