कांग्रेसको कोशी संवाद : विधान परिमार्जन गर्न माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ। नेपाली कांग्रेसले पार्टी निकट नेताहरूसँग ‘लोकतन्त्र संवाद’ गरेको छ। सुनसरीको इटहरीमा आज सम्पन्न संवादका वक्ताहरूले पदाधिकारी तथा सदस्य वडा तहदेखि नै निर्वाचित हुँदै जानुपर्नेमा जोड दिएका छन्।

केन्द्रीय सभापति, प्रदेश सभापति, जिल्ला सभापति, क्षेत्रीय प्रतिनिधिद्वारा बहुमतले चुनिनुपर्ने व्यवस्था हुनुपर्ने, पिछाडिएको वर्ग, लिङ्ग, समुदाय, अवसरबाट वञ्चित व्यक्ति नै समानुपातिक सूचीमा हुनुपर्ने, वडा तहलाई मजबुत बनाउँदै पार्टीले केन्द्रीय मूल्याङ्कन विभाग बनाउनुपर्ने र व्यवस्थित तरिकाले प्रविधिको प्रयोगमा मूल्याङ्कन हुनुपर्ने व्यवस्था गर्नुपर्ने उनीहरुको जोड छ।

संवादमा कोशी प्रदेशका १४ वटै जिल्लाबाट २८ वटा निर्वाचन क्षेत्रका प्रतिनिधि, जिल्ला पार्टी सभापति, क्षेत्रीय सभापतिसहित पदाधिकारी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधिलगायतको उपस्थिति थियो। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।