त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान भएको छ। त्रिवि उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले शुक्रबार सूचना जारी गर्दै उपकुलपतिका लागि दरखास्त आह्वान गरेको हो। 

त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रिक्त उपकुलपति नियुक्ति गर्ने प्रयोजनका लागि छनोट तथा सिफारिस समिति गठन गरेका थिए। 

सिफारिस समितिले शुक्रबार, पुस २० गते सूचना जारी गर्दै सूचना जारी भएको १० दिन भित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सिंहदरबारमा, कार्यालय समयभित्र दरखास्त पेस गर्न भनेको छ।

योग्यता पुगेका इच्छुक उम्मेदवारले दरखास्तका साथ नागरिकता, वैयक्तिक विवरण, स्नातकोत्तर र विद्यावारिधी तहको शैक्षिक योग्यताको प्रमाणपत्र र विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा ३ वर्ष काम गरेको व्यहोरा खुलेको विवरण पनि पेस गर्नुपर्ने समितिले जनाएको छ। 

यस्तै, सोचपत्र (भिजन पेपर) र ४ वर्षे व्यावसायिक कार्ययोजना पनि पेस गर्न भनिएको छ।  

यसअघि त्रिविका उपलकुलपति रहेका धर्मकान्त बास्कोटाको कार्यकाल कात्तिक १८ गते सकिएको थियो। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।